News Portal

  • संयुक्त आन्दोलनको खोजी : कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

    रातोपोस्ट
    १९७ पटक

    काठमाडाैँ, ११ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा होमिएका छन् ।

    प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले केन्द्रदेखि वडा तहसम्म पुगेर विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरिसकेका छन् । जसपाले पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएसँगै कांग्रेस र जसपालाई साथ लिएर संयुक्त आन्दोलनको घोषणा गर्न चाहेको थियो ।

    संयुक्त आन्दोलनका लागि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग भेटेरै संयुक्त आन्दोलनमा जान आग्रह गरेका थिए । तर सभापति देउवाले उक्त प्रस्ताव स्वीकार गर्नुभएन । छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा संयुक्त आन्दोलनबाट अगाडि बढ्नुपर्ने भन्दै प्रचण्ड–नेपाल समूह अहिले कांग्रेस र जसपाका नेताहरुसँगको आन्तरिक गृहकार्यमा जुटेको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    Facebook

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर

    सम्पादक : दिलिप थापा

    संवाददाता: सुबराज लामिछाने

    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : हरि बस्नेत

    Abouts us

    रातो पोस्ट मिडिया प्रा. लि
    मेचीनगर- ६  काँकरभिट्टा,  झापा
    फोन : ९८५२६२१३०० – ९८२५९३५२२२
    इमेल : [email protected]
    कम्पनी रजिस्ट्रार कार्यलय दर्ता नं.- २१३१००/ ७५/०७६

    Copyright © 2016-2021 RatoPost | Powered By EasySoftnepal