News Portal

अन्तराष्ट्रिय भन्सार दिवसकाे अवसरमा मेचि भन्सार कार्यालयद्वारा सरसफाइ कार्यक्रम

रातोपोस्ट संवाददाता
७७३ पटक

मेचिनगर, ११ माघ । झापाकाे सिमा नाका काकडभिट्टामा रहेकाे मेची भन्सार कार्यालयले ६९ औँ अन्तराष्ट्रिय भन्सार दिवसकाे अवसरमा आज सरसफाइ कार्यक्रम गरेकाे छ।

भन्सार कार्यालयले काकडभिट्टा स्थित आफ्नै कार्यालयमा सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे हाे । सरसफाइ कार्यक्रममा काकडभिट्टा मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्मा, भन्सार एजेन्ट संघका अध्यक्ष माेहन निराैला, भन्सार एजेन्ट संघका सदस्य शखर थापा, इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख सुनिल दाहाल, सशस्त्र प्रहरी बल काकडभिट्टाका प्रमुख प्रेम राई, इन्टर माेडलका कार्यालय प्रमुख अम्बिका सुवेदी, भन्सार याडमा काम गर्ने मजदुरलगायतकाे उपस्थिति रहेकाे थियाे।

उक्त कार्याक्रममा बाेल्दै मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले भन्सार दिवसमा पहिले साताव्यापि कार्यक्रम गर्दै आएकाे तर यस पटक काेराेनाकाे कारणले गर्दा साताव्यापि कार्यक्रम गर्न नसकेकाे हुनाले आज र भाेली सरसफाई कार्यक्रम आयाेजना गरिएकाे उनले बताए । माघ १३ गते अन्तराष्ट्रिय भन्सार दिवसमा भने झापा जिल्ला प्रशासन प्रमुखकाे उपस्थितिमा औपचारिक कार्यक्रम गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्