News Portal

नगर प्रमुख विमल आचार्यले गरे बाल सुवाेधिनी विद्यालयको उदघाटन, आजदेखि माध्यमिक तहकाे पढाइ हुने

रातोपोस्ट संवाददाता
५८५ पटक

झापा, ११ माघ।  झापाको मेचिनगर-१४ मा रहेकाे दुहागढिको बाल सुवाेधिनी माध्यमिक विद्यालय आज विधिवत रुपमा उदघाटन भएको छ । मेची नगर -१४ स्थित दुहागढीमा रहेकाे बाल सुबोधिनी माध्यमिक विद्यालयकाे आज मेचिनगर नगरपालिका नगर प्रमुख विमल आचार्यले उदघाटन गरेका हुन ।

यस अघि निमावि तहसम्म पढाइ भइरहेकाे विद्यालय आजबाट औपचारिक रुपमा ९ कक्षा सम्म पढाइ हुने भएकाे छ भने अर्को बर्षदेखि १० कक्षा सम्म पढाइ हुने भएकाे हाे ।

स्कुल ब्यवस्थापन  समितिका अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि मेचिनगर नगरपालिका नगर प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उप-प्रमुख मिना उप्रेती, विशेष अतिथि नगर शिक्षा प्रमुख होम भण्डारी , विशेष अतिथि १४ नम्बरका वडा अध्यक्ष शंखरप्रसाद पोख्रेललगायतको उपस्थिति रहेकाे थियोे । उदघाटन कार्यक्रमको संन्चालन प्राध्यापक विश्व थापाकाे रहेकाे थियोे भने स्वागत मन्तब्य स्कुल ब्यवस्थापन सदस्य मुनिलाल राजवंशीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्