News Portal

प्रचण्ड- नेपाल पक्षले ओलीलाई साधारण सदस्यबाट पनि हटायो

रातोपोस्ट संवाददाता
४८८ पटक

काठमाडौँ, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । प्रचण्ड-नेपाल पक्षको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठले ओलीलाई केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गर्दै ओलीलाई हटाएको जानकारी दिएका छन् । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएकोमा ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको उनले बताए । प्रचण्ड-नेपाल पक्षले गत पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्