रातोपोस्ट संवाददाता

काठमाडौं,१२ माघ । नेकपाको प्रचण्ड– माधव पक्षले काठमाडौंमा विरोध सभा गर्ने भएको छ। संघर्ष समितिले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।