News Portal

झापामा लागुऔषध खैरो ब्राउन सुगरसहित ४ जना पक्राउ

रातोपोस्ट संवाददाता
१२४६ पटक

झापा, १२ माघ । झापामा लागुऔषध खैरो हिरोईन ब्राउन सुगरसहित तीन स्थानबाट चार जना पक्राउ परेका छन । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाई १२ ग्राम खैरोहिरोईन ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

यसैगरी बुट्टाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड–६ का २० बर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ बर्षय रुपेश गुरुङ छन । उनीहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनीहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आइताबार पक्राउ गरेको हो ।

यस्तै आइताबारै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ मगरचोक एरियाबाट १२०० ग्राम गाँजासहित बुद्धशान्ती–१ का ५३ बर्षीय लक्ष्मीप्रसाद खतिवडालाई पक्राउ गरेको छ । लागु औषधसहित पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाईएको  जिल्ला  प्रहरी कार्यालय  झापाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्