News Portal

जाडोयाममा पानीको कमी हुँदा शरीरमा यस्तो प्रभाव पर्छ

रातोपोस्ट संवाददाता
८९८ पटक

काठमाडौं, ११ माघ । जाडोयाममा त्यसै पनि मानिसहरु कम मात्रामा पानी पिउँछन् । हुन त यो चिसो मौसममा मानिसलाई धेरै कमै मात्रामा पानी प्यास लाग्छ । यद्यपि, त्यसो हुँदा शरीरलाई पानीको आवश्यकता हुँदैन भन्ने सोच्नु गलत हो ।

पानीको कमी हुँदा हाम्रो शरीर विस्तारै-विस्तारै डिहाइड्रेट हुन थाल्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार डिहाइड्रेशनबाट शरीरको मुख्य अंगहरुमा नराम्रो असर पर्छ । डिहाइड्रेशनबाट हाम्रो स्वास्थमा कस्तो खतरनाक नोक्सान हुन सक्छ भन्ने बारेमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

डिहाइड्रेशनका कारणले इलेक्ट्रोलाइटको स्तर अति नै कम हुन्छ, जसले दिमागमा विभिन्न किसिमका समस्या उत्पन्न गर्न सक्छ ।इलेक्ट्रोलाइट पोटाशियम र सोडियम जस्ता मिनरल्स हुन्, जसले कोशिकाहरुबीच संकेत पठाउने काम गर्छ । मेयो क्लिनिकका अनुसार यदि तपाईंको इलेक्ट्रोलाइट धेरै कम छ भने त्यसले कोशिकाहरुमा संकेत पठाउने काम गर्न सक्दैन । जसका कारण मांसपेशी तन्कनेदेखि हृदयघात हुने समस्या पनि हुन सक्छ ।

जब शरीरमा पानीको कमी हुन्छ, तब कोशिकाहरुले मस्तिष्कलाई यस बारेमा संकेत गर्छ, तब हामीलाई प्यास लाग्छ । यद्यपि, डिहाइड्रेशनको असर दिमागमा विभिन्न किसिमले पर्न सक्छ । डिहाइड्रेशनको सिधा असर मूड र प्रस्तुतीमा पनि सम्बन्धित छ ।

अमेरिकन कलेज अफ न्यूट्रिसन पत्रिकाका अनुसार केवल २ प्रतिशत डिहाइड्रेशनले मात्र पनि ध्यान केन्द्रित भएर गर्नु पर्ने काम बिगार्न सक्छ । डिहाइड्रेशनको असर स्मरणशक्तिमा पनि पर्छ । जब शरीरमा पानीको कमी हुन्छ, कोशिकाहरुले हाइपोथेलेमसलाई एउटा संकेत गर्छ, जसले भ्यासोप्रेसिन नामक हार्मोन निकाल्छ । यसलाई एन्टिडायरेक्टिक हार्मोनको नामले पनि चिनिन्छ ।

यो हार्मोनले किड्नीलाई रगतबाट कम मात्रामा पानी निकाल्ने संकेत गर्छ, जसका कारण पिशाब कम, गाढा र कडा रंगको निस्कन्छ ।किड्नी रगतको मुख्य फिल्टर हो र पर्याप्त तरल पदार्थ बिना त्यसले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न सक्दैन । यसबारेमा डाक्टर बुश भन्छन् –‘आश्चर्यजनक रुपले तपाईंको किड्नी एक दिनमा ५५ ग्यालिनसम्म तरल पदार्थ लैजान सक्षम हुन्छ ।’

लामो समयसम्म पानी नपिइकन बस्नाले किड्नीले धेरै मेहिनत गर्नु पर्छ । नेशनल किड्नी फाउन्डेशनका अनुसार यहि कारणले गर्दा किड्नीमा चोट उत्पन्न हुन्छ र तपाईंलाई किड्नी सम्बन्धि समस्या हुन सक्छ । शरीरमा पानीको कमीले पत्थरीको पनि समस्या हुन्छ ।

मेयो क्लिनिकका अनुसार जुन मानिस तातो र सुख्खा मौसममा बसोबास गर्छन् र जून मानिसलाई अरुको तुलनामा अति धेरै पसिना आउँछ, ती मानिसहरुमा किड्नी सम्बन्धि समस्या धेरै हुने खतरा हुन्छ । शरीरमा रगत बनाउनका लागि तरल पदार्थको आवश्यक पर्छ । जब शरीरमा तरल पदार्थको कमी हुन्छ, तब शरीरमा रगतको पनि कमी हुन थाल्छ ।

प्रसिद्ध डाएटीशियन स्टेफन्स्की भन्छिन् –‘शरीरमा उचित ब्लड प्रेशर बनाइ राख्नका लागि पर्याप्त तरल पदार्थको आवश्यकता पर्छ । शरीरमा पानीको कमीका कारण हाइपोटेन्शन अथवा लो ब्लड प्रेशरको समस्या हुन सक्छ र यसका कारण मानिस बेहोस पनि हुन सक्छ ।’

यूएस नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार डिहाइड्रेशनको गम्भीर स्थितिका कारणले हाइपोभल्मिक शक जस्तो आपतकालीन अवस्था पनि आउन सक्छ । जसमा रगतमा अक्सिजनको कमी हुन थाल्छ र रगतको कमीका कारणले यो सम्पूर्ण शरीरमा फैलन पाउँदैन ।जसका कारण शरीरका धेरै अंगहरु काम गर्न बन्द हुन सक्छ । डाक्टर बुश भन्छन् –‘यसका कारणले टाउको दुख्ने, रिंगटा लाग्ने, आँखामा दबाव, यौन चाहनामा कमी र निद्रा नलाग्ने जस्ता समस्या हुन सक्छ ।

पाचन प्रकियामा असर
पाचन तन्त्रलाई सही तरीकाले काम गर्नका लागि पर्याप्त पानी पिउनु आवश्यक छ । पानीको माध्यमबाट नै शरीरबाट अपशिष्ट पदार्थ बाहिर निस्कन्छ र पाचन तन्त्र तन्दुरुस्त रहन्छ । स्टेफन्स्की भन्छिन् –‘शरीरमा तरल पदार्थको कमीको असर पाचन प्रकृया हुँदै हामीले गर्ने दिसा समेत देखिन्छ ।’

छालामा असर
पानीको कमीको सोझो असर छालामा पनि पर्छ । पानीको कमीका कारण छाला सुख्खा हुन थाल्छ र ओठ फुट्न थाल्छ । राम्रो र स्वास्थ छालाका लागि हाइड्रेशन हुनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्