News Portal

नेकपाको तेस्रो चरणको आन्दोलन आज सिट्ठी जुलुस

रातोपोस्ट संवाददाता
४५१ पटक

काठमाडौँ, १३ माघ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षले आजदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ ।

उक्त पक्षको संघर्ष समितिका अनुसार आज पहिलो दिन काठमाडौंसहित देशभरका मुख्य शहरमा सिट्ठी जुलुस गरिनेछ । काठमाडौंको लैनचौरबाट र ललितपुरको लगनखेलबाट सिट्ठी जुलुस निकालिने बताइएको छ । आजदेखि शुरु हुने तेश्रो चरणको आन्दोलन २८ गतेसम्म चल्ने छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि बहुमत पक्षको नेकपाले निरन्तर जनपरिचालनलगायतका विरोध कार्यक्रम अगाडि बढाउँदै आएको छ । प्रचण्ड-नेपाल पक्षले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको छ ।

प्रतिकृया दिनुहोस्