News Portal

महिलालाई स्वरोजगार बनाउने उद्देश्य छ

रातोपोस्ट संवाददाता
१३७० पटक

काकरभिट्टा निवासी सावित्रा ल्वागुन को पहिलेको परिचय सुनचाादी व्यवसायीको रुपमा थियो । २०७४ को स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित वनेपछि अहिले यिनको परिचय फेरिएको छ । मेचीनगर नगरपालिका वडा नं. ६ कि निर्वाचित दलित महिला वडा सदस्य उनलाई तत्कालिन नेकपा एमालेले टिकट दिएको थियो । व्यवसायसंगै राजनीतिमा समेत उत्तिकै सक्रिय ल्वागुनसंगको संक्षिप्त कुराकानी:

तपाइँ जनप्रतिनिधि भएकाे ३ वर्ष वित्न लाग्याे। तपाईले के कस्ता कामहरू गर्नुभयो यो अवधिमा ?

हामिले अहिले विशेषगरी महिलाहरूलाई विभिन्न तालिमहरू सञ्चालन गरेर स्वरोजगारी बनाउने तर्फ लागि परेका छौँ। बेरोजगर र गरिबहरूका लागि बाख्रा पनि वितरण गरेका छौँ। सोचे अनुरूप कामहरू गरिरहेका छौँ।

दलित समुदायको हक अधिकारका लागि के गर्नु भयो त ?

हाम्रो वडामा दलितहरूको अवस्था पहिलेको तुलनामा अहिले निकै फरक छ । जातिय छुवाछुतको अन्त्य हुँदै गएको छ । समाजको दलित समुदाय प्रति हेर्ने दृष्टिकोण फरक भएको छ। आज जातिय छुवाछुतबाट समाज निकै माथि उठिसकेको अवस्था छ । म दलितको प्रतिनिधित्व गरेर आइसकेपछि विशेषगरी दलित तथा जनजाति महिलाहरूलाई कृषि सम्बन्धि विभिन्न तालिम, सिलाइ कटाइ सम्बन्धि तालिमहरू सञ्चालन गरेर उहाँहरूलाई व्यवसायिक बनाउने काम नै मेरो प्राथमिकतामा रह्यो। अहिले धेरै दिदिबहिनिहरू व्यवसायिक बन्नु भएको छ ।

कोभिड(१९ं) का कारण लामो समय सम्म लकडाउन भयो । धेरै मानिसहरू भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भयो । समग्रमा तपाइाको वडावासिको अवस्था कस्तो रह्यो र त्यसमा तपाइाको भुमिका के रह्यो ?

कोरोना भाइरस (कोभिड- १९ ) का कारण लामो समय सम्म लकडाउन हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा किसानवर्गहरूमा ठुलो असर पर्याे। धेरैजना बेरोजगार पनि हुनुपर्याे। तर हामिले हाम्रो वडामा यो कठिन अवस्थामा पनि कसैलाई पनि भोकभोकै मर्नुपर्ने अवस्था हुन दिएनौँ । हामि आफ्नो ज्यानलाई जोखिममा राखेर पनि प्रत्येक घरघरमा पुगेर राहत वितरण गर्याैँ । सामाजिक सुरक्षा भत्ता देखि वृद्वा भत्ता सम्म हामिले घरघरमा पुर्याउने काम गर्याैँ। हाम्रो कार्यप्रति सबै नगरवासिहरू खुसि हुनुहुन्छ।

तपाइँहरू जनप्रतिनिधि भएर आइसकेपछि र त्यो भन्दा अगाडिको वडाको अवस्थामा के फरक छ?

पहिलेको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। पहिलेको तुलनामा अहिले धेरै पक्कि सडक तथा पुलहरू निर्माण भएका छन्। वडामा जातिय विभेदको अन्त्य हुादै गएको छ। वडाले विभिन्न समयमा सिपमुलक तालिमहरू सञ्चालन गरेको छ , जसबाट धेरै लाभान्वित भएका छन्। हामिले वडाको जोसुकैले चाहना राखेको खण्डमा अहिले नि:शुल्क कम्प्युटर सिक्ने बेवस्था वडावासिलाई दिलाउादै आएका छौा। पहिले समाजमा दलित तथा महिलाहरूमाथि हुने हिंसात्मक गतिविधिहरूलाई विभिन्न डर र धम्किका कारण लुक्ने गर्दथे भने अहिले त्यस्ता खालका घरेलु हिंसा, जातिय विभेद लगायतका विभिन्न अपराधिक गतिविधिहरूको अन्त्य हुादै गएको अवस्था छ । अहिले कसैले पनि हिंसात्मक कुराहरूलाई दबाएर बस्नुपर्ने अवस्था छैन । वडामा न्यायिक समिति छ । महिला दिदिबहिनीहरूले अहिले निर्धक्क साग आफ्ना कुराहरू राख्ने साहश गर्नुहुन्छ। पहिले भन्दा अहिले धेरै फरक छ।

वडा सदस्यहरू र त्यसमा पनि महिला जनप्रतिनिधिहरूलाई बैठक तथा कुनै कार्यक्रमहरूमा अवहेलना समेत हुने गरेको आम मानिसको बुझाइ छ तपाइँहरूको वडामा के छ अवस्था?

त्यस्तो होइन वडाको हरेक मिटिङहरूमा हाम्रो उपस्थिति छ र रहन्छ । कुनैपनि विषयवस्तुको निर्णय गर्दा वडाअध्यक्षले हाम्रो पनि राय लिनुहुन्छ । बैठक बोलाउनुहुन्छ । हामिलाई कार्यक्रम अनुसार विभिन्न जिम्मेवारी दिनुहुन्छ । हामीले सोहि अनुरूप आफ्नो जिम्मेवारी पुरा गरेका छौँ। वडाध्यक्षले कुनै पनि निर्णय गर्दा एकलौटि ढंगले गर्नु हुन्न ।

अन्त्यमा अबको योजना के छ, वडाबासिको लागि कस्तो खाले योजनाहरू बनाउनु भएको छ?

अबको हाम्रो योजना भनेको फेरिपनि वडाबासिलाई व्यवसायिक तथा स्वरोजगार तर्फ उन्मुख गर्ने तर्फ नै हुनेछ । हाम्रो उद्देश्य भनेको कोहि बेरोजगार बनेर बस्न नपरोस भन्ने छ। हामि वडावासिका लागि निरन्तर सेवामा रहनेछौँ।

प्रतिकृया दिनुहोस्