News Portal

जन–संसद् दैनिकको प्रधान सम्पादक पौडेल, सम्पादकमा रेग्मी नियुक्त

रातोपोस्ट संवाददाता
६२८ पटक

मेचीनगर, माघ १४ । हाम्रो प्रकाशन समुह प्रालिद्वारा प्रकाशित जन–संसद् दैनिकको सम्पादन मण्डल नियुक्त गरिएको छ । प्रालिका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बुधबार (आज) बसेकोे बैठकले सम्पादकको जिम्मेवारीमा रहेका मुक्ति पौडेललाई प्रधान सम्पादकमा नियुक्त गरेको छ । पौडेल स्थापनाकालदेखि नै जन–संसद् दैनिकको विभिन्न जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्दै आएका छन् ।

यस्तै, बैठकले पत्रिकाको सम्पादकमा झुलन रेग्मीलाई नियुक्त गरेको छ । रेग्मी बिगत डेढ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । झापाबाट प्रकाशित दैनिक पत्रिकाको सम्पादन मण्डलमा रहेर उनले कुशलतापूर्वक कार्य सम्पादन गर्दै आएका छन् ।

बैठकले पत्रिकाको सह–सम्पादकमा गिताराम धिताल (जिआर)लाई नियुक्त गरेको छ । रेडियो क्षेत्रबाट पत्रकारिता सुरु गरेका धिताल पछिल्लो पुस्ताका सक्रिय पत्रकारको रुपमा चिनिन्छन् ।

यस्तै, पत्रिकाको अनलाइन संस्करण जन–संसद् डटकमको कार्यकारी सम्पादकमा हेमन्त निरौलालाई जिम्मेवारी दिइएको छ । निरौला अनलाइन पत्रकारितासंगै लेखनमा दखल राख्छन् ।

प्रकाशन समूहका अध्यक्ष पाण्डेले जन–संसद् दैनिक र अनलाइन संस्करणलाई नयाँ ढंगबाट सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले जन–संसद्लाई आगामी दिनमा नयाँ ब्यवस्थापनका साथ आम पाठकमाझ पु¥याउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशन समूहका उपाध्यक्ष कमल थापाले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण प्रकाशनमा परेकोे असरलाई सहजता प्रदान गर्दै अघि बढ्ने बताए । थापाले भने, ‘नयाँ ब्यवस्थापनले पत्रिकालाई थप उचाईमा पु¥याउने हामीले विश्वास लिएका छौं ।’

प्रतिकृया दिनुहोस्