News Portal

ट्रकको ठक्करबाट इलाम माइजोगमाईकी सञ्जुको मृत्यु

रातोपोस्ट संवाददाता
४३४ पटक

इलाम, १४ माघ । मेची राजमार्गको इलाम नगरपालिका–९ गोलाखर्कमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बुधबार (आज) इलामबाट झापातर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साइकललाई सोही दिशातर्फ जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा माइजोगमाई गाँउपालिका–३ मानचोकी २८ वर्षीया सञ्जु आचार्यको घट्ना स्थलमै मृत्यु भएको हो ।

सञ्जुको शव कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि इलाम अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । दुर्घटनामा मृतक सञ्जु आचार्यको २ बर्षीय छोरा सरोज आचार्य र मोटर साइकल चालक सूर्योदय नगरपालिका–१० का उमेस शाह घाइते भएका छन् ।

गम्भीर अवस्थाका दुबै घाइतेलाई बिर्तामोड पठाइएको छ । ट्रक चालक पाँचथर हिलिहाङ–७ का भवानी प्रसाद तिमल्सिना भने जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्