News Portal

  • नेपालकाे पूर्वीद्वारबाट सुरु भयाे प्रतिगमनविरुद्ध नागरिक आन्दोलन

    रातोपोस्ट संवाददाता
    २७४ पटक

    झापा,  १५ माघ । प्रतिनिधि सभा विघटन गरेर ‘प्रतिगमन’ निम्त्याएको बालुवाटारलाई निर्णय सच्याउन शान्तिपूर्ण दबाब साेरुप प्रधानमन्त्री केपी शर्मा ओलीकाे गृह जिल्लामा प्रतिगमन कदमविरूद्ध बिहीबार नागरिक आन्दोलन भएकाे छ।

    नेपालकाे पूर्वीद्वार काँकडभिट्टामा आज युवा, बिधार्थी, पार्टीका नेता, पत्रकार, लेखक, साहित्यकार, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा प्रतिगमन विरूद्ध प्रदर्शन भएकाे हाे । काँकडभिट्टाबाट शुरु भएकाे प्रदर्शन नगर परिक्रमा गरि जुलुस सभामा परिणत भएकाे थियाे ।

    कार्यक्रममा वक्ताका रुपमा सम्बोधन गदै संस्कृति रिजालले भनिन्, ‘मुलुक अब स्थिरतामा गयो, फेरि राजनीतिक आन्दोलन हुन्न भन्नेहरूले फेरि हामीलाई सडकमा आउन बाध्य पारे।’ हिजोका  युवाले  लडेर ल्याएको व्यवस्था र संविधान धरापमा परेपछि आफूहरू सडकमा आउन बाध्य भएको उनले बताइन्।

    कोणसभामा सम्बोधन गदै सागर शिवाकोटीले प्रधानमन्त्री ओलीको कदम राजनीतिक, नैतिक र संवैधानिक हिसाबले पनि प्रतिगामी भएको र यो आन्दोलनबाट सच्याउन पर्ने उल्लेख गरे। शिवाकोटीले भने, ‘ओलीको ‘प्रतिगमन’लाई नागरिक आन्दोलनबाट घुँडा टेकाउने बताए ।

    प्रदर्शनमा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्र बुढाथोकी, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङल, साहित्यकार पुण्यप्रसाद खरेलगायतको सहभागिता रहेको थियो । काठमाडौंमाबाट सुरु भएकाे नागरिक आन्दोलन आजबाट नेपालकाे पूर्वी नाकासम्म आइपुगेकाे छ । नागरिक समाज मेचीनगरले आयोजना गरेको विरोध प्रदर्शनमा स्वतः स्फूर्तरुपमा आम नागरिकहरु सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्