News Portal

ओलीको ‘निरंकुशता’ छिट्टै अन्त्य गर्छौं : प्रचण्ड

रातोपोस्ट संवाददाता
५१४ पटक

बुटवल, १५ माघ । नेकपाको दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे निरंकुशता र स्वेच्छाचारिता केही महिनामै अन्त्य हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको हत्या गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै नेताहरुले ओलीको निरंकुशता र स्वेच्छाचारिता केही महिनामै अन्त्य गर्ने उद्घोष गरे। प्रचण्डले भने, आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा देशमा संकट आइपरेको बताए ।

विरोधसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले इतिहासको राणा र राजाको प्रेतका रुपमा प्रधानमन्त्री ओली खडा भएको बताए। ओलीको बाटो संविधानको हत्या, अशान्ति, बर्बादी र मूलूकको सत्यानाशतर्फको भएको भुसालले आरोप लगाए।

विरोधसामा नेकपाका नेताहरु युवराज ज्ञवाली, वर्षमान पुन, चन्द्रप्रकाश खनाल, ओनसरी घर्तीले बोल्दै प्रतिनिधिसभा विघटनले लोकतन्त्र, संविधान र प्राप्त उपलब्धि गुम्ने भएकाले नागरिक सडकमा आउनुपर्ने बताए। नेकपा दाहाल–नेपाल समूहले बुुटवलमा ठूलो संख्यामा नागरिक सडकमा उतारेर प्रदर्शन गरेको थियो। सभाअघि बुटवलका तीन ठाउँबाट नारा जुलुससहित प्रर्दशन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्