News Portal

काँकरभिट्टा माविमा ५१ सदस्य अनेरास्ववियू प्रारम्भीक कमिटी , अध्यक्षमा मिलन उप्रेती चयन

रातोपोस्ट संवाददाता
७५२ पटक

मेचीनगर, माघ १५ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा मिलन उप्रेतीको अध्यक्षतामा अनेरास्ववियू प्रारम्भीक कमिटी गठन भएको छ । उप्रेतीको नेतृत्वमा विद्यालयमा ५१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा रिता मण्डल, सचिवमा सन्देश प्रसाइ र सचिन तिम्सिना, सहसचिवमा रिचा अधिकारी तथा कोषाध्यक्षमा रस्मिता तामाङ्ग चयन भएका छन् ।

बिहिबार काकँरभिट्टा मावि परिसरमा  आयोजना भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटि सदस्य  तथा अाइसीडी झापाका कार्यलय सचिव सन्तोष धमला,  अनेरास्ववियू जिल्ला  सदस्य हरि भट्टराई, काकँरभिट्टा क्याम्पसका संयोजक  विनम सरदार, सहसंयोजक प्रतिक्षा न्यौपाने र विश्वास दाहाललगायतको उपस्थितिमा रहेकाे थियो ।

प्रतिकृया दिनुहोस्