News Portal

प्रतिनिधिसभाको बैठक बोलाउने प्रचण्डको चेतावनी

रातोपोस्ट संवाददाता
१३४९ पटक

विराटनगर, १६ माघ । दाहाल–नेपाल पक्षका नेकपा अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी दिए । शुक्रबार सो पार्टीले विराटनगरमा आयोजना गरेको बिरोध प्रदर्शन तथा सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन ।

‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे । आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको छ, ’ दाहालले भने, प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालले परिवारका लागि राजनीति गरे भनि लगाइएको आरोपाको प्रतिवाद गरे ।

‘तपाईंहरूलाई थाहा छ, मैले लामो जनयुद्धको र त्यसपछि शान्ति प्रक्रियाको पनि नेतृत्व गरें, त्यो लामो आन्दोलनमा मेरा छोराछोरी अरु सरह लडे,’ उनले भने, ‘उनीहरू जनताबाट चुनिए । तर, केपी ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण गरिनँ।’ दाहालले भने ।

प्रचण्डको प्रश्न थियो ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने हो हो ?’ संसद विघटन गरेर ओलीले संविधान विघटनको प्रयास गरेको भन्दै दाहालले, ‘नेपालको इतिहासमै पहिलोपटक जनताका प्रतिनिधिले बनाएको संविधानमाथि उनले हमला गरेका छन् । यो जनताको सार्वभौमिकतामाथिको हमला हो।’ दाहालको आरोप थियो।

प्रतिकृया दिनुहोस्