News Portal

दाहाल- नेपाल निर्वाचनसँग तर्सिएका छन् : प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
७७३ पटक

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल–नेपाल समूह निर्वाचनसँग डराएको बताएका छन् । उनले काठमाडौं महानगर कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहकाे हार निश्चित हुने भएकाले निर्वाचनसँग डराएको बताएका हुन् ।

उनले भने, ‘उनीहरु निर्वाचनसँग तर्सिएका छन् । चुनावबाट भागेका छन् । अहिले भागेर के गर्ने ? डेढ वर्षपछि त जनताको बिचमा जानैपर्ला ।’ ओलीले दाहाल–नेपाल समूह निकै अप्ठेरोमा परेको दाबी गरे । उनले भने, ‘चुनावमा नजाऔँ भने लोकतन्त्र भन्ने ठाउँ रहँदैन । जाऔँ भने सबै सिङ फुक्लिएको छ । बाँकी रहेको सिङ पनि निर्वाचनमा भाँचिन्छ ।’ ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए ।

त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए । उनले भने, ‘माघ २३ गते पहिलो चरण जनप्रदर्शन काठमाडौंबाट थाल्दै छौँ । दुई चार लाख भेला गरेर देखाइ दिए पछि उनीहरुले थाहा पाउनेछन्, शक्ति प्रदर्शन के हो ? शक्ति प्रदर्शनको झल्को देखाउनुपरेको छ ।’ उनले सो प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक, पत्रकारलगायतलाई अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्