News Portal

जसपा पदाधिकारी बैठकद्धारा माघ २९ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक

रातोपोस्ट संवाददाता
५१५ पटक

काठमाडौं, १६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (नेपाल)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आज शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

पार्टीले माघ २९ गतेसम्मको कार्यक्रम घोषणा गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विट गरेर जानकारी दिएका छन्। उनका अनुसार माघ २३ गते जिल्लामा, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र माघ २९ मा वडा तहमा पुत्ला दहन, मसाल जुलुसलगायत कार्यक्रम गर्ने निर्णय गरिएको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक समाज सडक आन्दोलनमा छन्। त्यसमा अब जसपा पनि थपिएको छ।

प्रतिकृया दिनुहोस्