News Portal

मेचीनगरको सातौँ नगरसभा सम्पन्न

रातोपोस्ट संवाददाता
४५९ पटक

झापा, १७ माघ । झापाकाे मेचीनगर नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ । १ नम्बर प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापाको उपस्थितीमा विहीबार नगरसभा उद्घाटन सम्पन्न भएको हो ।

नगर सभाले आर्थिक वर्ष २०७७/ ०७८ का लागि छैटौं नगर सभाले स्वीकृत गरेको बजेटको शिर्षक तथा विनियोजित रकममा भएका केही संशोधन र थप योजना तथा कार्यक्रम र केही ऐन, नियमसमेत पेश गर्ने गरी विषयसूची राखिएको जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७७/ ०७८ का लागि छैटौ नगरसभाले १ अर्ब ३५ करोड ५८ लाखको आयव्यय सहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएकोमा २०७७ पुस मसान्तसम्म १९ दशमलव २ प्रतिशत वित्तिय प्रगति हासिल भएको र योजना सम्झौताको प्रगति ५१ प्रतिशत रहेको नगरसभामा आचार्यले बताए ।

उपप्रमुख मीना पोखरेल (उप्रेती)ले नगरसभामा वित्तिय व्यवस्थापनतर्फ भएका प्रगति प्रस्तुत गरेकि थिइन । नगरपालिकाको छैटौं नगरसभाबाट १ अर्ब ३५ करोड ५८ लाखको कुल आयव्यय अनुमान सहितको नगर विकास योजना स्वीकृत भएकोमा आ.व. २०७६/ ०७७ मा खर्च हुन नसकि नगरपालिका सञ्चित कोषमा थप बाँकी रहेका रकम (अ.ल्यां) ४ करोड ३४ तथा मर्मत सभ्भार कोषमा रहेको रकम मध्येबाट १ करोड समेत थप गरी १ अरव ४० करोड ९२ लाख वरावरको देहायनुसारको आय शिर्षक र आय रकम प्रस्ताव गरी १ अर्ब ४० करोड ९२ लाख बरावरको खर्च व्यवस्था गर्न मेचीनगर नगरपालिकाको विनियोजन विधेयक, २०७७ को संसोधन प्रस्ताव नगरसभा पेश गरिन् ।

नगर सभाकाे उद्घाटन सत्रमा प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली र थापा, नेकपा मेचीनगर इञ्चार्ज देवकुमार राई, नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यले लगायतले मन्तव्य राखेका थिए । नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा भएकाे नगर सभा सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्