News Portal

कैलाली पुगेर लेखराज भट्टमाथि खनिए प्रचण्ड : ‘मैले हुर्काएको मान्छे दलालको पनि दलाल भएछन्’

रातोपोस्ट संवाददाता
६८५ पटक

धनगढी, १७ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेता लेखराज भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाएका छन् । शनिबार कैलालीको धनगढीमा प्रतिनिधिसभा विघटनविरुद्धमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले हुर्काएर मन्त्री बनाएको मान्छे केपी ओलीको वरिपरि घुम्ने भएको भन्दै नेता भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाएका हुन् ।

‘मैले नै हुर्काएर मन्त्री बनाएको मान्छे, मैले पनि सुदूरपश्चिमको नायक भन्थेँ । तर कता हो कता सोच्नै नसक्ने गरी गए,’ उनले भने, ‘अब उनी केपीको वरिपरि घुम्ने भए, केपी ओली आफैँ दलाल हुन्, उनी दलालको पनि दलाल भए ।’

नेकपा विभाजन हुँदा पूर्वमाओवादीबाट ओली पक्षमा गएका अधिंकाश नेताहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका थिए । प्रचण्डको सिफारिसमा सुदूरपश्चिमका नेता लेखराज भट्टलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री भएपछि भट्टले प्रचण्डको साथ छोड्दै ओलीलाई साथ दिएका थिए ।

प्रतिकृया दिनुहोस्