News Portal

झापामा महिला उद्यमीको अगुवाईमा खाना महोत्सव

रातोपोस्ट संवाददाता
४९१ पटक

झापा,  १७ माघ ।  झापामा महिला उद्यमी संघ नेपालको आयोजनामा विर्तामोडमा शनिबार खाना महोत्सव सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे ।

महिला उद्यमी संघ नेपाल झापाकी संस्थापक अध्यक्ष गोमा भट्टराईले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकाल , महिला उद्यमी संघ नेपाल इलामकी अध्यक्ष शुशिला सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोडको वनस्टप मल अगाडी राखिएको खाना महोत्सवमा कोदोको ढिंडो, सेलरोटी, गुन्द्रुकको अचार, सिस्नोको सुप, रोटी, तरकारी, फापरको सेलरोटी, सयपत्रीको चिया तरुल लगायतका परम्परागत खाद्य परिकारको स्टल राखिएको थियो भने खाँडी तथा ढाकाका कपडा तथा बिभिन्न पहिरन, श्रृगारका बस्तु, बाँसबाट निर्मित हस्तकला, मह, चिया, मुरै, फलफूल लगायतका उत्पादन प्रर्दशन र बिक्रीका लागि राखिएको आयोजकले जानकारी दिएकाे छ ।  कार्यक्रमकाे सञ्चालन महिला उद्यमी संघ नेपाल झापाकी उपाध्यक्ष युनीता दवाडीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्