रातोपोस्ट संवाददाता

झापा, १९ माघ । झापाकाे शिवसताक्षी नगरपालिका–३ का ३० बर्षीय राजकुमार खेमदेन लिम्बुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
आज दिउसो ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने पिकअफ नियन्त्रणमा लिईएको छ भने चालक भने फरार रहेको उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।