News Portal

  • धुलाबारी माविमा अनेरास्ववियूकाे समिति चयन अध्यक्षमा पौडेल

    रातोपोस्ट संवाददाता
    २११ पटक

    धुलाबारी, २० माघ । मेचीनगरस्थित धुलाबारी माविमा आर्यन पौडेलको अध्यक्षतामा अनेरास्ववियू प्रारम्भीक कमिटी गठन भएको छ । पौडेलको नेतृत्वमा विद्यालयमा ६१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको छ ।

    कमिटिको उपाध्यक्षमा अञ्जली राजवंशी, सचिवमा भवेश दाहाल, सह-सचिवमा इशा न्यौपाने र प्रज्वल अधिकारी तथा कोषाध्यक्षमा सुमन बुढा चयन भएका छन् ।

    धुलाबारी मावि परिसरमा मंगलबार आयोजना भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटि सदस्यद्वय सन्तोष धमला, मेचीनगर नगर संयोजक आशिष पौडेल र काकँरभिट्टा बहुमुखी क्याम्पस संयोजक बिनम सरदारलगायतको उपस्थितिमा कमिटि गठन भएको थियो । कार्यक्रमको सञ्चालन सुर्लभ भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्