News Portal

  • अख्तियार प्रमुख राईद्वारा पदभार ग्रहण

    रातोपोस्ट संवाददाता
    ३०९ पटक

    काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले बुधबार पदभार ग्रहण गरेका छन ।

    राष्ट्रपति कार्यालय, शीतलनिवासमा बुधबार बिहान शपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा पुगेर नवनियुक्त प्रमुख आयुक्त राईले पदभार ग्रहण गरेका हुन ।

    प्रमुख राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हाल्नुभएको आयोगले जनाएको छ ।

    नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तद्वयलाई आयोगका सचिव सुरेश अधिकारीसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । नवनियुक्त प्रमुख आयुक्त राईले गृहलगायतका महत्वपूर्ण मन्त्रालयमा सचिव भएर काम गरेका छन ।

    प्रतिकृया दिनुहोस्