News Portal

काँकरभिट्टा बसपार्कमा सवारी दुघर्टना परी सहचालकको मृत्यु

रातोपोस्ट संवाददाता
१०२० पटक

काँकरभिट्टा, २३ माघ । झापाको मेचीनगरमा सवारी दुघर्टना परी शुक्रबार एक जनाको मृत्यु भएको छ । विहान साढे १० बजेतिर मेचीनगर -६ काँकरभिट्टा बसपार्कमा पश्चिमबाट आएको को १ ख ६१६३ नम्बरको यात्रु बहाक बस हिमशिखर यातायातका सहचालक २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

भोजपुर हतुवागढी गाउँपालिका -१ बस्ने खुलाल बस बसपार्क प्रवेश गर्ने क्रममा ढोकाबाट चिप्लिएर खसेका थिए । लडेपछि बसको पछाडीको टायरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि आम्दा मेची अस्पताल धुलावारी लगिएको र १० बजेर ५५ मिनेटमा असपतालले मृत घोषण गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

चालक मोरङ कानेपोखरीका २८ वर्षीय सबिन धिमाललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्