News Portal

बादललाई वर्षमानको चुनौति- चिडिया खानामा थुन्‍ने धम्की नदिनस्

रातोपोस्ट संवाददाता
८१३ पटक

तनहुँ, २४ माघ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संविधान मिलेर निरंकुश शासन चलाउन खोज्‍ने सरकारले चिडियाखानामा थुन्‍ने धम्की नदिन चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मांसाहारी आन्दोलन गरेर कानुन उल्ल‌ंघन गरे चिडियाखानामा थुन्‍ने गृहमन्‍त्री रामबहादुर थापा बादलको भनाइलाई चुनौती दिँदै पूर्वमन्‍त्री पुनले आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने बताए। दमौलीमा आज तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुनले ओली-थापाको अन्त्य राज्य शक्ति र सत्ताको दुरूपयोग गरेर आफूसँग असहमत हुनेहरूलाई तह लगाउन खोज्ने इतिहासका तानाशाहहरू जस्तै भएको बनाए।

बादलले ओली सरकारमा तीन वर्षसम्म सँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेको भन्दै निन्दा गरे। नेकपाका नेता कार्यकर्तालाई भ्रष्टाचार मुद्दामा कारबाहीको धम्की आउन थालेको भन्दै पुनले धम्कीसँग आफूहरू नतर्सने बताए।

प्रतिकृया दिनुहोस्