
झापा, २५ माघ । झापाको विर्तामोडमा राष्ट्रिय ध्रुविकरण अभियानले आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । विर्तामोडकाे एक हाेटलमा झापामा रहेका युवाहरु बिच अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।
अन्तरक्रिया कार्यक्रममा अभियानका अभियानता राजु आचार्यले देशकाे राजनैतिक प्रणालीकाे कारणले गर्दा हाम्रा सबै अधिकारहरु गुमेकाे बताए । उनले भन्ने, अब विकृतिपुर्ण राजनैतिक सुधार गर्नु पर्ने आवश्यकता भएकाे बताए । हाम्राे याे अभियान न्याय, समानता र जनताकाे अधिकारकाे पक्षमा सधै लाग्ने उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा २५० जनाकाे सहभागी रहेका थिए । अन्तरक्रिया कार्यक्रममा फागुन २९ गते कार्यक्रमकाे घाेषणा हुने अभियानका सदस्य दिलिप बुढाथाेकिले बताए । अन्तरक्रिया कार्यक्रमकाे संन्चालन उमेश तिम्सिनाले गरेका थिए भने स्वागत मन्तब्य मनाेरथ तिवारीकाे रहेकाे थियाे ।
कार्यक्रममा कार्यपत्र वाचन लेखनाथ अधिकारिकाे रहेकाे थियाे भने अन्तरक्रिया कार्यक्रमकाे टिप्णी राजु आचार्यले गरेका थिए ।