News Portal

जबसम्म ओलीतन्त्र पतन हुँदैन, तबसम्म आन्दोलन रोकिँदैन : देव गुरुङ

रातोपोस्ट संवाददाता
१२२९ पटक

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहका नेता देव गुरुङले ओलीतन्त्रको पतन नभएसम्म आन्दोलन नरोकिने बताएका छन्। आज प्रचण्ड समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा बोल्दै गुरुङले प्रधानमन्त्री केपी ओलीको पतन नभएसम्म जनसागर नरोकिने बताएका हुन्।

उनले भने, “हामी सडकमा आइसकेका छौं। जबसम्म ओलीतन्त्र पतन हुँदैन, तबसम्म आन्दोलन रोकिनेछैन।”  नेपालको संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नगरिएको बताउँदै उनले संसद विघटनको कल्पना गर्न नसक्ने गुरुङको भनाइ छ।

यस्तै, उनले निर्वाचनको घोषणा भइसकेको अवस्थामा काम चलाउन बनेको सरकारले अहिलेसम्म सार्वजनिक पदमा नियुक्ति दिइरहेको बताए। जब कि लोकतन्त्रमा काम चलाउ सरकारले नियुक्ति गर्न नसक्ने उनको भनाइ छ। उनले नेपालको संविधानले पाँच वर्षको अन्तरालमा निर्वाचन हुने व्यवस्था गरेको बताए। उनले भने, “पाँच वर्षभन्दा अगाडि हुने निर्वाचनलाई नेपालको संविधानले चिन्दैन।”

प्रतिकृया दिनुहोस्