रातोपोस्ट संवाददाता

झापा,३० माघ। नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले झापाका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । २६ औं जनयुद्ध दिवसको पुर्वसन्ध्यामा झापाको शिवसतासी, कनकाई, भद्रपुर, गाैरादह, कमल, दमक र बुद्धशान्तीलगायतका स्थानमा मसाल जुलुस सम्पन्न गरिएको नेकपाले जानकारी दिएको छ ।
उक्त मसाल जुलुस कार्यक्रममा जिल्ला तहका नेताहरूले सम्बोधन गरेकाे र वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि जस्तोसुकै संघर्ष गर्न आफुहरू तयार रहेको नेकपा स्रोतले जानकारी दिएको छ।
जुलुसमा एकीकृत जनक्रान्ति जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद, नेकपा जिन्दावाद ! महासचिव विप्लव जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, जनयुद्ध जारी छ, आस्थाका बन्दीहरू रिहा गरलगायतका नाराबाजी गरिएको समाचार स्रोतले जानकारी दिएको छ।