News Portal

जनयुद्धले जन्माएको एकीकृत जनक्रान्ति

DB सर्व श्रेष्ठ
८६८ पटक

सुन्दर सपनाहरूको चाङ लगाएर वर्गसंघर्षलाई स्थापित गर्ने बर्गिय आन्दोलन र जनयुद्धले निर्माण गरेका जगमा उभिएर सकारात्मक तथा नकारात्मक उपलब्धिलाई गम्भीर र निर्मम तरिकाले अध्यन गर्न जरुरी छ ।

जतिबेला नेपाली समाजमा रहेको राजनैतिक अन्तरबिरोध र त्यस्ले पारेका प्रभावले सामाजमा ठूलो उत्पिडनले मुक्ति आन्दोलनको राजनीति क्रान्ति नेपाली समुदायमा अनिवार्य थियोे । जसको नेतृत्व गर्न सक्ने राजनीति पार्टीको आवश्यकता लामो समय देखि खड्किरहेको थियो ।

राष्ट्रियता , जनतन्त्र र जनजिबिका नै नेपाली राज्य ब्यबस्थामा देखा परेका मुल समस्या थिए । जतिबेला राणाहरुको उदय भयो , ठिक त्यतिबेलादेखी नेपाल अर्ध उपनिवेशिक राज्य निर्माण भएको हो । त्यसैबाट मुक्त गर्न नेपालमा थुप्रैपटक आन्दोलन भएका छन ।

अन्तमा हरेक आन्दोलन बिदेशी साम्राज्यवाद नोकरशाही दलालहरु बिचमा सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनतालाई अस्थिर र अनिर्णयको बन्दि बनाउने गरेका छन् । सरकार बदलिनुलाई राज्यब्यबस्था नै बदलिएको भ्रममा पार्दै घरेलु दलाल प्रतिक्रियावादी तत्वले भ्रम फैलाउदै आएको पाइन्छ ।२००७ सालमा भएको प्रजातान्त्रिक समाजबादी आन्दोलनको नाममा काङ्ग्रेसले चलाएको सशस्त्र आन्दोलन बाट स्थापित भएपछि राजा राणा बीचमा भएको त्रिकोणात्मक सम्झौतालाई नेपाली कांग्रेसले महान उपलब्धि मुलक क्रान्ति भनेर ब्याख्या गर्नु नै नेपाली कांग्रेसमा गम्भीर राजनीति भ्रम रह्याे। प्रधानमन्त्री मोहन शमशेर राणालाई बनाउने अनि राणा विरुद्धमा महान र सफलता मुलक क्रान्ति भन्नुले नेपाली जनता माथी भ्रामक झुट प्रचार धोका पुण प्रचार गरियो त्यो प्रचारले २०१५ सालको चुनावबाट दुईतिहाईको सरकार बनो र केही सत्ताको पेरिफेरिमा रहेर प्रजातान्त्रिक सामाजबादलाइ धोती लगाएर सत्ताको मोह चुस्तै थिए तर त्यो लामो समय टिक्न सकेन। २०१७ सालमा पन्चायतिहरुको गुरु योजनामा दरबारियाहरुले बिपि कोइरालाको शक्तिशाली सरकारलाई कु गरिदिए त्यस पछिको समिक्षामा तत्कालीन नेता बिपिले आफ्नो आत्मबृतान्त लेखमा मैले मुक्तिसेना विघटन गर्नु महाभुल भएको हो,भन्नू नै क्रान्ति छोड्नु भुल भयो भनी घुमोउरो पाराले स्विकार गरिएको थियो ।

२०२८ सालमा भारतमा भनेको नक्सलबादी आन्दोलन बाट प्रभावित भएर झापामा पुर्बी कोडिनेटर कमिटिको नाममा तत्कालीन मालेले नौलो जनबादको हबला दिँदै बिद्रोह गर्‍यो । उदेश्य सहि थियो, तर आन्दोलन लक्ष्यमा पुर्याउने सक्ने परिपक्क कार्यक्रम र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सकेन। जस्का कारण जनताको समर्थन र पहलकदमी कम रह्यो ।

तर पनि त्यो बिद्रोह आम नेपाली जनतामाझ एउटा उर्जा र सन्देश मुलक रह्यो । त्यस्को जगमा तत्कालीन माले र त्यसको बिकशित रुप एमाले पाटी स्थापित हुन पुग्यो ।तर विडम्बना क्रान्तिकारी उचाइ लाई दक्षिण पन्ति अबसरबादमा परिणत गरियो । जसले संसदिय ब्यबस्थाको बाटो अबलम्बन गर्‍यो र नौलो जनबादी आन्दोलन लाई प्रजातन्त्रको हबला दिँदै बर्गिय मुक्ती आन्दोलनबाट बिमुख भएर उदार पुजीवादी बाटो समायो र माक्र्सवादको चर्को समर्थन गर्दै एनजीओ आइ एन्जिओको पुछर बनेर चौतर्फी घेराबन्दीमा पर्दै गयो ।
जस्ले राष्ट्रियताको लागि अडिग रहन सकेन ।बरु राष्ट्र बादी माथी चलखेल र तिक्तदमको सुरूवात भयो ।

त्यसैको परिणाम तत्कालीन एमालेका महा सचीव मदन भण्डारीको रहस्यमय तरिकाले हत्या भयो जुन कुरा कस्तुरीले आफ्नो काल आफ्नै नाभिमा भएको जस्तै तत्कालीन एमालेमा मौलाएको एनजीओ नै पुजिबादको बाटाे अवलम्बन गर्ने र माक्सबादी बिचारलाइ तिलान्जली दिन सफल रहेको तितो सत्य बन्न गएको छ । त्यस पछि एमाले र काङ्ग्रेस बिच सत्ता सन्चालन गर्ने दाउपेच निरन्तर चलिरह्याे । त्यस बखत राष्ट्र र जनतालाइ बलियो बनाउनुको साटो सत्ताको लागि बिदेशी सामु सबै प्रकारका गलत सम्झौता गर्दै उद्योग कलकारखाना बेच्ने र सम्पूर्ण हिसाबले वैदेशिक बहुराष्ट्रिय पुजीलाई भित्र्याएर राष्ट्रिय पुजि र श्रोत साधन बिदेशीको जिम्मामा सुम्पिने र देशको महत्त्वपूर्ण नदिनाला भारतलाई सुम्पेर नित्कृष्ट राष्ट्रघात गर्‍यो । जस्ले गर्दा राजनीति स्थिरता भन्दा सार्बभौमसत्ता, भौगोलिक अखण्डता , रोजगार र प्रजातन्त्रलाई बिदेशी सँग बुझाउन थाल्यो ।

जस्ले अनिवार्य राजनीति क्रान्तिको जरुरी बन्दै गयो । त्यसको परिणाम स्वरुप नेकपा माओवादीको अगुवाइमा जनयुद्धको आधार तयारी भयो र आज भन्दा २६ बर्ष अगाडि २०५२ साल फाल्गुन १ मा जनयुद्धको सुरु भयो ।

जनयुद्ध बर्गिय,जातीय , क्षेत्रिय, लैंगिक मुक्तिको मुल मुद्दामा केन्द्रिकृत थियो । त्यसैका कारण जुन जनयुद्धले छिटै आफ्नो स्थान जमाउदै जनसहभागिता अगाडि बड्न सफल भयो । त्यही बेला आतिएर तत्कालीन सत्तारूढ दलहरूले राजनीति समस्या भन्दा बन्दुकको बलमा नै माओवादी समाप्त गर्ने रणनीतिको नीति अबलम्बन गर्‍यो । जसको परिणाम माओवादी पार्टीले प्रतिरक्षा र प्रतिरोधात्मक आन्दोलनकै दौरानमा आफ्नै जनमुक्ति सेना हतियार स्थानीय जनसत्ता निर्माणकार्य अघि बढायो । २०५२ साल फाल्गुन एक देखि २०६० सालसम्म क्रान्ति सन्तुलनमा पुग्न सफल रह्यो ।

दुर्भाग्यपूर्ण माओवादी जनयुद्धलाई राजनीति आर्थिक सामाजिक रूपमा ससक्त बनाउने तर्फ भन्दा दक्षिणपन्थी धार र क्रान्तिकारी धारमा अन्तरबिरोध चर्को बन्दै गयो ।
रहस्यमय तरिकाले मोहन बैद्य किरण, सिपि गजुरेल लगाएतको क्रान्तिकारी शक्तिलाई भारतमा गिरफ्तार हुन र त्यसपछि बाबुराम भट्टराई र प्रचण्ड बिचको बैचारिक अन्तर बिरोध समाधान भएर जानुलाई रहस्यमय मान्न सकिन्छ । १२ बुँदे दिल्ली सम्झौता जनयुद्धको बिधिवत अन्त्य र संविधान सभाको चुनावका जाल फालिनु नेपाली जनताको वर्गसंघर्ष बलिदानलाई यथावत छोडेर पुरानै ब्यबस्थाको पुनः ब्यबस्थापन गर्नु प्रचण्ड बाबुरामको दक्षिण पन्थी राजनीति बैचारिक तथा संस्कृतिक बिचलनको सुरुवात भएको थियो ।
वर्गसंघर्षले स्थापित गरेका जनतामा मुल एजेन्डा यथावत राखेर नबसामन्तवाद तथा दलाल पुजीवादी माफियासग बैचारिक संघर्स गर्नुको साटो दशबर्षसम्म जनयुद्धको नेतृत्व गरेको मुल नेतृत्व सम्झौतामा आत्मसमर्पण गर्न पुगेपछि नेपाली वर्गसंघर्ष सर्बनास र सन्नटाको अबस्थामा पुगेको हो तर पनि जनतालाइ भ्रमपुर्ण लोकतान्त्रिक गणतन्त्र शब्दमा बादिएर राख्ने कार्य भयो । तर सचेत जनताले एक प्रश्नले धेरै उत्तर खोजिरहेको थियोे । लोकतान्त्रिक गणतन्त्र एमाले कांग्रेस माओवादी राजनीति दृस्टिकोण भन्दा फरक कोणमा बिकास बनेर आयो ।

कांग्रेसले प्रजातान्त्रिक समाजबाद तत्कालीन एमालेको जबज बिदेशीलाई बुजाइ सकेपछि माओवादीले भनेको नौलो जनबाद बैचारिक सैद्धान्तिक रूपमा स्खलित हुने अबस्थामा पुगो । त्यस पछि बिचार सिद्धान्त बिना प्रचण्ड हरु पुरानै दलाल संसदिय ब्यबस्थाको लड्न लागेको घर पोत्ने कार्यमा तल्लिन भएका छन् ।

तर हजारौँ सपना बोकेर जनताको सचेत पहलमा बैज्ञानिक समाजबादी राज्य ब्याबस्थाको लागि एकीकृत जन क्रान्तिको निर्माणमा जुटिरहेको छ। त्यसको लागि दक्षिणपन्थी आत्मसमर्पणबादको बिकल्पमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माणको सुन्दर क्रान्तिकारी शक्तिको महान बहसमा उभिएर राष्ट्रियता,जनतन्त्र जनजिबिकाको बैज्ञानिक सम्बाेधन गर्ने राजनैतिक ब्यवस्था निर्माणका लागि बैज्ञानिक समाजबादको सिद्धान्त निष्ठ नेता कार्यकर्ताको असली फौज निर्माणका लागि पहल गर्दै बर्तमान अस्थिरता दलाल संसदिय ब्यवस्थाको अन्त्य गर्दै जनतालाई बैज्ञानिक समाज बादी ब्यवस्था केन्द्रीकृत गर्दै महान सपना पूरा गराउने छ।

प्रतिकृया दिनुहोस्