News Portal

विप्लव नेतृत्वको नेकपा झापाले मनायो २६औं जनयुद्ध दिवस

रातोपोस्ट संवाददाता
८४२ पटक

झापा,१ फागुन । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी झापाले २६औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान तथा सहिदहरूलाई सम्झना गर्दै मनाएको छ।

जिल्लाकाे विभिन्न स्थानमा भेला भएका नेता तथा कार्यकर्ताहरूले सहिदहरूलाई सम्झना गर्दै सहिदहरूकाे बलिदान खेर जान नदिने र वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने उद्घोष गरेको समाचार स्रोतले जानकारी दिएको छ।

जिल्लाका विभिन्न स्थानमा भएको कार्यक्रममा जिल्ला तहका नेताले सम्बोधन गरेकाे र सहिदहरूकाे रगत माथि केही गद्दारहरूले राजनिती गरिरहेकाले त्यसका विरूद्द आफुहरू डटेर लाग्ने नेकपाले जनाएको छ।

महान जनयुद्धका सहिद, बेपत्ता परिवार, घाइते याेद्दाहरूलाई सम्झना गर्दै एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका लागि सबै एकै ठाउँमा आउनुपर्ने र अबकाे विकल्प नै वैज्ञानिक समाजवाद रहेकाे पनि नेकपाले बताएको छ । सरकारले प्रतिबन्ध लगाएपछि पनि विप्लव नेतृत्वको नेकपाले निरन्तर संघर्षका कार्यक्रमहरू गरिरहेकाे छ भने सरकारले पनि धरपकड र गिरफ्तारीलाई तिव्र पारेको छ।

प्रतिकृया दिनुहोस्