News Portal

  • बलात्कार तथा हत्या हिंसाका दोषीलाई कारबाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

    रातोपोस्ट संवाददाता
    २०३ पटक

    धरान, २ फागुन।  नेत्रविक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सुनसरीले सुनसरीको धरानमा बलात्कार तथा हत्याहिंसाकाे विरोध गर्दै प्रदर्शन गरेको छ ।

    बैतडीकी भागरथि भट्ट, माेरङमा भएको सामुहिक बलात्कार एवम् झापामा शिक्षकको कुटाइबाट मृत्यु भएका १० वर्षीय बालक मृत्यु प्रकरणका दोषीलाई अविलम्ब कारबाहीको माग राख्दै अखिल क्रान्तिकारी सुनसरीले जानकारी दिएको छ।

    उक्त विरोध प्रदर्शनलाई अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य एवम् सुनसरी अध्यक्ष नतासाले सम्बोधन गर्दै भागरथि भट्ट, माेरङ घटना र झापामा शिक्षकको पिटाइबाट मृत्यु भएका बालकको परिवारलाई न्यायकाे माग राख्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेकी छिन् ।

    विरोध प्रदर्शनमा केपी ओली मुर्दावाद, बलात्कारीलाई अविलम्ब कारबाही गर, भागरथी भट्टलाई न्याय दे, विद्यार्थीहरूमाथि हुने याैन शोषण बन्द गर, यस्तो सरकार चाहिँदैन विद्यार्थी कुट्न पाइँदैन, प्रतिबन्ध खारेज गर, बलात्कारीलाई फाँसी दे लगायतका विभिन्न नाराहरू लेखिएका प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियोे ।

    प्रतिकृया दिनुहोस्