News Portal

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा कुँवर र रजिष्ट्रारमा पौडेल नियुक्त

रातोपोस्ट संवाददाता
९५३ पटक

काठमाडौं, २ फागुन । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।  यसअघि सर्वोच्चकै रजिस्ट्रार रहेका कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् ।

माघ ११ गते बसेको न्यायपरिषदको बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो । माघ २५ गते न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै माघ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका थिए । उनी गुल्मी धुर्कोटका स्थायी वासिन्दा हुन् ।

यस्तै सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा निर्मला पौडेल नियुक्त भएकी छन् । गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नै पौडेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन् । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन् । पौडेल २०५२ साल मंसिरदेखि शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्