News Portal

भारतमा सवारी दुर्घटनामा १४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५८८ पटक

एजेन्सी, २ फागुन । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र एक बालक छन् ।

कुरनुल जिल्लाबाट राजस्थानको अजमेरतर्फ जाने क्रममा ट्रकमा ठोकिएपछि भ्यानमा सवारहरूको ज्यान गएको हो । दुर्घटनामा ४ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । घाइते सबै बालबालिका हुन् । प्रहरीका अनुसार दुर्घटना कुरनुल जिल्लाको मदारपुरम गाउँ नजिकै आइतबार बिहान ४ बजेतिर भएको हो ।

घाइतेको स्थानीय अस्पातलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा भ्यान चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्