News Portal

आइपिएल अक्सनः बिकेनन्, सन्दिप

रातोपोस्ट संवाददाता
६८४ पटक

काठमाडौँ, ६ फागुन । सानै उमेरमा विश्वभर तहल्का मच्चाएका नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतमा हुने (इन्डियन प्रिमियर लिग) आइपिएलको आगामी सिजनका लागि खेल्न नपाउने भएका छन् ।

यसअघिकाे आइपिएलमा ३ सिजन दिल्लिमा आबद्व रहेका सन्दिपलाई  यसपटक कुनै पनि टोलीले चासो देखाएनन् । ४० लाख भारु पारिश्रमिक तोकिएका सन्दीपले २०१८ र २०१९ मा केहि खेल खेलेपनि  २०२० को सिजनमा भने टोलीमा परे पनि खेल  खेल्न पाएका थिएनन् । अघिल्ला दुई सिजनमा दिल्लिबाट खेलेका  सन्दीपले ९ खेल खेल्न पाउँदा १३ विकेट लिएका थिए।

विश्व क्रिकेटमै लोकप्रिय मानिएको आइपिएलमा खेल्ने सन्दीप पहिलो र हालसम्म एक्लो नेपाली खेलाडी हुन् । २०१८ मा सानो उमेरमै आइपिएलमा छिरेका सन्दीपले अब्बल खेल कौशल देखाए पनि यसपटक कुनै टिमले सन्दिपमाथि बाेली नलगाउँदा उनका समर्थकहरू निराश बनेका छन्।

प्रतिकृया दिनुहोस्