News Portal

ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

रातोपोस्ट संवाददाता
६५४ पटक

काठमाडौं, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्व-मन्त्री शेरबहादुर तामाङको दम्पत्तिले विभाजित नेकपाको दाहाल-नेपाल समूह छाडेका छन् । तामाङसहित उनकी पत्नी उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली पक्षमै फर्किएका हुन् ।

दुई महिनाअघि प्रधानमन्त्री ओली पक्षबाट तामाङ प्रचण्ड–माधव पक्षतर्फ लागेका थिए । राई प्रदेशसभा सदस्य हुन् । यसअघि ओली समूहसँग असन्तुष्ट देखिएका उनीहरु दाहाल-नेपाल समूहमा लागेका हुन् ।

प्रचण्डलाई नेता मान्न नसकेको कारणले ओली पक्षमा फर्किनुपरेको उनको स्पष्टोक्ति रहेको छ । दाहाल-नेपाल समूहमा माओवादी दृष्टिकोण हावी भएको उनले निष्कर्ष छ । तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिकृया दिनुहोस्