News Portal

  • राष्ट्रिय ध्रुवीकरण अभियानको संयोजकमा राजु दर्नाल

    रातोपोस्ट संवाददाता
    १३८ पटक

    झापा, ९ फागुन । झापाको शिवसताक्षीमा आज राष्ट्रिय ध्रुवीकरण अभियानको नगर स्तरीय भेला सम्पन्न भएको छ । नगरको दुधेमा सम्पन्न भेलाबाट राजु दर्नालको संयोजकत्वमा २९ सदस्य समिति चयन भएको हो ।

    नगर स्तरीय भेलाबाट सदस्यहरुमा दिलिप बुडाथोकी, भिम लामा, तिर्थ ढुगांना, कुलमान थाम्सुहाङ, सन्त राई, कृष्ण ईजम, प्रताप तामाङ, कृष्ण नेपाली, यमुना बुडाथोकी र कुन्दन ठाकुर चयन भएका छन् ।

    त्यसै गरि अन्य सदस्यहरुमा धनकुमार राई, अमीत सुब्बा, अशोक माझी, सिद्धि अधिकारी, सुजन भण्डारी, असिम थापा, राम श्रेष्ठ, वीरवहादुर पुरी, शंखर थापा, कैलाश गुरुङ, अनिता दर्नाल, लाक्पा तामाङ, फागुलाल ताजपुरिया, दिनेश अधिकारी, मोहन चौहान, टीका लिम्बू र जनम दर्नाललाई चयन गरेको हो । एक सदस्य भने पछि थप गरिने भएको छ ।

    कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय ध्रुवीकरण अभियानका मुख्य अभियन्ता राजु आचार्य र विशेष अतिथि लेखनाथ अधिकारी रहेका थिए । उक्त भेलाको संन्चालन तथा कार्यक्रमको सहजीकरण अभियान्ता उमेश तिम्सिनाले गरेका थिए भने स्वागत मन्तव्य दिलिप बुडाथोकीको रहेको थियो ।

    भेलामा शुभकामना मन्तव्य अभियानका अभियन्ता भिम लामा र मनोरथ तिवारीले शुभकामना दिएका थिए । अभियन्ता तथा कार्यक्रमका विशेष अतिथि लेखनाथ अधिकारी र प्रमुख अतिथि आचार्यले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्