News Portal

  • मानव अधिकार र सिमाका विषयमा अन्तरक्रिया कार्यक्रम

    तुलसीप्रसाद निरौला
    ६५ पटक

    झापा, ९ फागुन । मानव अधिकार पत्रकार संघ (हुर्जा )को आयोजनामा काँकरभिट्टास्थित होटल हिकोला हेरिटेजमा मानव अधिकार र सिमाका मुद्धाका विषयमा नेपाल र भारतका पत्रकार र सरोकारवालाहरुबीच भएको अन्तरसिमा सम्वाद तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रमका सहभागीले सिमाक्षेत्रका समस्यालाई मानवअधिकारको दृष्टिकोणबाट हेरिनुपर्ने बताउँदै देश र सिमाभन्दा माथी मानव –मानव बीचको सम्वन्ध रहेकाले मानवअधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले नेपाल र भारतबीच सदिऔंदेखि रोटी–वेटीको सम्वन्ध रहेकाले सिमा क्षेत्रमा हुने गरेका मानव अधिकार र अन्य समस्या समाधान गर्न एकजुट हुनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, शिलगढी जर्नालिष्ट क्लवका अध्यक्ष प्रमोद गिरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिल दाहाल, शिलगढीका पत्रकार राज पुन्यानीलगायतले मानव अधिकारसंग जोडिएका विभिन्न समस्या समाधान गर्न दुवै देशका सरोकारवालाले चासो देखाउनु पर्ने बताए ।

    त्यस्तै भारत शिलगढीका संरक्षण अभियन्ता सुप्रितमराज वसुले सिमाक्षेत्रमा हात्तीले निम्त्याएको समस्याका वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने काठमाडौंकी मिडिया एक्सपर्ट नम्रता शर्माले सिमाक्षेत्रमा सञ्चार क्षेत्रको महत्व र आवश्यकताको वारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

    कार्यक्रममा प्रकृति संरक्षण समाजका अध्यक्ष तथा संरक्षण अभियन्ता अर्जुन कार्कीले हात्ती र मानिस बीचको द्वन्द र न्यूनिकरणका प्रयासहरु विषयक डकुमेन्ट्री र अभियन्ता शंकर लुइँटेलले सिमा क्षेत्रमा हात्तिले निम्त्याएको समस्या , क्षतिलगायतको वारेमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरेका थिए । नेपाल र भारतका पत्रकार र अधिकारकर्मी , सरोकारवालाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मानव अधिकार पत्रकार संघ (हुर्जा)का अध्यक्ष घनश्याम खड्काले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्