News Portal

नाइजेरियाली विमान दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

रातोपोस्ट संवाददाता
९३९ पटक

एजेन्सी, १० फागुन । नाइजेरियाको राजधानी अबुजामा सैन्य विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

आइतबार बिहान सैन्य विमान दुर्घटना भएको थियो । सैन्य अधिकारीका अनुसार उक्त जहाज उत्तरी राज्य नाइजरको मिन्नातर्फ जाँदै थियो ।

दुर्घटनापछि हवाइ सेना प्रमुखले तत्काल घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । यद्यपि घटनाबारे सम्पूर्ण विवरण आएको छैन ।

प्रतिकृया दिनुहोस्