News Portal

  • नेकपा प्रचण्ड–माधव समुह झापाकाे अध्यक्षमा वेदराज र सचिव विजय

    रातोपोस्ट संवाददाता
    ८२ पटक

    झापा, १० फागुन । नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । सोमबार प्रदेश १ का १३ सहित ६५ जिल्लामा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । प्रचण्ड–माधव समूहले झापाको अध्यक्षमा वेदराज रेग्मी चयन भएका छन् भने सचिवको जिम्मेवारी मणिकुमार साम्पाङ (विजय) ले पाएका छन् ।

    ताप्लेजुङको अध्यक्षमा विजय वनेम र सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथर अध्यक्षमा कमल जवेगु र सचिवमा होमप्रसाद जवेगु चयन भएका छन् । त्यस्तै इलाम अध्यक्षको जिम्मेवारी भक्त केसीले पाउँदा सोममाया राई सचिव तोकिएकी छन् ।

    सुनसरीको अध्यक्षमा योगेन्द्र मण्डल र सचिवमा रमेश बस्नेत, धनकुटा अध्यक्षमा दुर्गा लिङ्खा र सचिवमा ऋषिराम ढुङ्गाना, तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी र सचिवमा इन्द्रबहादुर इमसुङ चयन भएका छन् । सङ्खुवासभा अध्यक्ष हेमराज घिमिरे र सचिव कृष्ण याक्खा, भोजपुर अध्यक्षमा शरण राई र सचिवमा बिमल खड्का, खोटाङ अध्यक्षमा देवान चाम्लिङ र सचिवमा जलशेर राईले जिम्मेवारी पाएका छन् ।

    सोलुखुम्बु अध्यक्षमा गोम्बु शेर्पा र सचिवमा डिल्ली राई, ओखलढुङ्गा अध्यक्षमा मोहनबहादुर खड्का र सचिवमा हर्कबोल राईले जिम्मेवारी पाएका छन् । उदयपुर अध्यक्षमा विनोद कट्वाल र सचिवमा ईश्वरमणि राउत चयन भएका छन् । मोरङमा भने दुवै पक्षले आफ्नो दाबेदारी प्रस्तुत गरेका कारण अध्यक्ष र सचिव तोकिएको छैन ।

    प्रतिकृया दिनुहोस्