News Portal

  • कञ्चनपुरमा श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

    रातोपोस्ट संवाददाता
    ६५ पटक

    कञ्चनपुर, ११ फागुन । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।”

    यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

    प्रतिकृया दिनुहोस्