News Portal

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

रातोपोस्ट संवाददाता
५४६ पटक

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरेपछि आगामी रणनीति बनाउन बैठक बसेको हो ।

आजै ओली समूहको स्थायी कमिटी बैठक बसेको थियो । उक्त समूहले आजै अपराह्न ४ बजे सांसदहरुसँग छलफल पनि गर्दै छ ।

प्रतिकृया दिनुहोस्