News Portal

ओलीको सेटिङ युग सकियो, अब उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: पाण्डे

रातोपोस्ट संवाददाता
४३७ पटक

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको फैसलाले ओलीको ‘सेटिङ युग’ सकिएको बताएका छन् ।

आज भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् । सर्वोच्च अदालतको पुन:र्स्थापना फैसलाले ओलीको सेटिङ ‘टाइँ टाइँ फिस’ भएको बताउँदै उनले भने, ‘ओलीको सेटिङ गयो, समाप्त भयो, ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो ।’

कार्यक्रममा बोल्दै उनले नेपालमा अझै पनि न्याय नमरेको प्रतिक्रिया दिए । उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको पनि बताए । उनले प्रधानमन्त्रीले महाराजाको शैलीमा सरकारी पैसाको दुरुपयोग गरी जन्मदिन मनाएको समेत आरोप लगाए । उनले ओलीलाई पदमा बस्ने हैसियत नभएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत आग्रहसमेत गरे ।

प्रतिकृया दिनुहोस्