News Portal

क्रिश्चियन परम्परा अनुसार अञ्जु पन्त र थिर कोइरालाको विवाह

रातोपोस्ट संवाददाता
७०२ पटक

काठमाडौं, १२ फागुन ।लोकप्रिय गायिका अञ्जु पन्तले बुधवारदेखि आफ्नो वैवाहिक जीवन प्रारम्भ गरेकी छिन् ।

गायिका पन्त आफ्नै प्रेमि गीतकार थिर कोइरालासंग क्रिश्चियन धर्म अनुसार विवाह वन्धनमा बाँधिएकी हुन् ।

उनीहरु लामो समयदेखि एक–अर्कालाई मन पराउँदै आएका थिए । ललितपुरस्थित एक चर्चमा विवाह गरेका हुन् । गायिका पन्त तथा गीतकार कोइराला दुबै क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विवाह गरेको बताएका छन् ।

उनीहरुको विवाहमा सीमित आफन्त मात्र सहभागि भएका थिए । गायिका पन्तको यो दोस्रो विवाह हो । यसअघि गायिका पन्तको गायक मनोजराजसँग डिभोर्स भएको थियो । गायिका पन्त छोरी पारितोषिकासँग बस्दै आएकी छन् । छोरीकै आग्रहमा आफू विवाहका लागि तयार भएको गायिका पन्तले बताउँदै आएकी छिन् ।

प्रतिकृया दिनुहोस्