News Portal

विप्लव पार्टी माथिको प्रतिबन्ध फुकुवा र वैज्ञानिक समाजवादी व्यवस्था अहिलेको आवश्यकता

क्रीश अर्याल
६८२ पटक

देशमा अहिले सत्ताको मोह ले गर्दा दैनिक पार्टी हरु ले संसद विघटन बिरुद्ध जुलुस , शक्ति प्रदर्शन गर्दै आम नागरिक हरुलाइ दुख दिदै , “को भन्दा को कम “को माहोल बनेको छ। यसरि जुलुस गर्दै सडक अवरोध गर्दा दैनिक हजारौ मान्छेहरु अस्पताल नपुग्दै एम्बुलेन्समा छटपटिँदै मरिरहेका छन्। कम्युनिष्टका यी लाल गद्दारहरु अहिले कुर्सि को पछाडी “स्वा स्वा ” गर्दै शक्ति प्रदर्शनमा लाखौ जनतालाई उल्लु बनाएर आफु संगै कुदाई रहेका छन्। के कम्युनिष्ट आन्दोलन र १० बर्षे जनयुद्ध मा जनताको रगतले खेलेको होली आफ्नो स्वार्थ पूर्ति गर्न लाइ मात्र थियो ?  उखु किसान लगायत अन्य मजदुर हरु लाई उनको परिश्रम अनुसार को उनको कमाई देको खोइ ?  किसान , गरिब र कामदार को रगत चुस्ने साहु हरु ले उनीहरु माथि गरिरहेको शोसन को अन्त्य भाको खोइ ?  ती युद्ध लड्दा घाइते भएका जनमुक्ति सेना को उपचार कहिले हुन्छ , कमरेड हरु के कम्युनिष्ट अब “कमाउनिष्ट” भएकै होत ?  जनता ले विश्वास गरेर दिएको मत “समृद्ध नेपाल , सुखी नेपाली ” जस्ता खोक्रा नारा सुनाउदै के अर्को चुनाव जितिएला त कमरेड हरु ।

चेलीहरु अब घर बाट बाहिर निस्किदा दबिएर , आफु लाइ असुरक्षित महसुस गर्दै आखिर कति दिन सम्म कायर बनेर हिड्ने हो , कति दिन सम्म ती नरपिचास ,राक्षसहरु को शिकार भई बलात्कृत हुने हो, कति दिन सम्म चेली को भोटो फातिदै , तेजाब आक्रमण हुने हो  कति दिन सम्म छाउपडी गोठ मा बसी अकालमा ज्यान गुमाउने हो । माइतीघर को आन्दोलन मा गुन्जिएका ती नाराहरु ले कहिले तिम्रा ती कठोर मन पगालिदिन्छन ?

फागुन २८ गते नेपाल कम्युनिष्ट पार्टी “बिद्रोही “लाइ आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएर के पायौ ? जनता माझ रातो मुकुन्द को आस्था को अपमान गर्दै भ्रस्टाचार , आफ्नो भुमि मिचिंदा मौन रहने , एम सी सी जस्ता घातक सम्झाैता पारित गरि किन परचक्री हरु संग झुक्छौ ।  टनकपुर बेच्ने ती दलाल राष्ट्रघातीहरु लाइ खोइ कारबाही गरेको ? टनकपुर को सम्झौता अनुसार १० प्रतिशत फाइदा नेपाल लाइ भनि भारत ले खोइ देको ?  झुटो राष्ट्रवादी को नाटक गर्दै , लिपुलेक कालापानी लाइ नेपाल को नक्शा मा कोर्दै मा हाम्रो भुमि फिर्ता आउदैन।देश अहिले गुट को भेला गर्ने , चुटकिला , उखान हरु भन्दै हसाउने र कुरा अनुसार विकाश कछुवा गति मा लैजाने रोग ले ग्रसित छ।

“पानी जहाज , रेल , घर घर मा ग्यास को पाइप “जस्ता सपनाहरु दिउसै जनतालाई सपना देखाइदै छ। दिनहु ४० हजार युवाहरु विदेश पलायन रोजगार र पढाइ का निम्ति आफ्नो परिवार र देश लाइ माया मार्छन्। अन्त्यमा स्वदेश फर्कदा ती परदेशमा पसिना चुहाएर परिवार पाल्ने छोरा, छोरि र बुवा आमा बाकशमा फर्किदा नेपाल आमा को त्यो आसु कहिले सम्म लाइ ?  स्वदेश मा जनतालाई रोजगार दिई परदेश जाने चलन को अन्त्य कहिले हुन्छ ?

बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको झुटो प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्दा आतंकबारे भन्दै जनता सामू नराम्रो बनाउन खोजिएको छ। एनसेलले कर छली गरेर नेपाल सरकार लाई ठगी गर्दै , देश द्रोही हर्कत गर्नु कति को ठिक हो ? विप्लव समूह को नाम मा हत्या , चन्दा उठाउने ले गरेको गल्ति , अपराध ले पार्टी माथि प्रतिबन्ध लगाउनु कति को ठिक हो ?  धर्मेन्द्र बास्तोला लगायत कामरेड हरुलाई प्रहरी दमन गर्दै , शोसन गर्नु यो कति को जाहेज हो ? विप्लप पार्टी का कार्यकर्ता र समर्थक लाइ प्रहरी परिचालन गर्दै शक्ति दुरुपयोग गर्दै कति दिन सम्म राख्ने हो ?

विप्लव नेकपा र सरकार बीच वार्ता भन्दै झुटो नाटक रची किन दिनहु कार्यकर्ता र नेता हरु गिरफ्तार भइराखेका छन्। किन सेना र प्रहरी परिचालन गर्दै “सर्च अप्रेसन ” मार्फत महासचिब विप्लब को सेल्टर खोजीको बहानामा आम जनतालाई दुख दिइँदै छ ? किन कार्यकर्ता हरु लाइ चरम यातना दिदै , हत्या ,नजरबन्द गर्दै उनीहरु माथि शोसन गरिदै छ ? यस बारे मानव अधिकार आयोग ले पनि त्यस्ता शोसन दिने हरुमाथि कडा कारबाही गर्नै पर्छ।

अब दलाल तथा भ्रस्ट राज्यसत्ताको अन्त्य गरी जनगनतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नै पर्छ। सरकार ले शान्त वातावरण सिर्जना गरि विप्लव नेकपाकाे माग पूरा गर्दै वार्ता गर्नुपर्छ। पार्टी माथि को प्रतिबन्ध फुकुवा गर्न जरुरी छ। मजदुर ,किसान ,महिला ,दलित ,जनजाती ,मधेसी ,मुस्लिम र मध्यम वर्गको अधिकार दिन वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नै पर्छ।

प्रतिकृया दिनुहोस्