News Portal

औषधि व्यवस्था विभागका अधिकृत दुई लाख घुससहित पक्राउ

रातोपोस्ट संवाददाता
५७३ पटक

काठमाडाैं, १३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

करारमा कार्यरत अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि उक्त अतिरिक्त रकम लिएको अख्तियारले जनाएको छ। सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुई लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

सुवेदीलाई विराटनगर महानगरपालिका-३ स्थित भट्टराई होटलको अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्