News Portal

सत्ता साझेदारीका लागि दाहाल-नेपालको दौडधूप

रातोपोस्ट
४३३ पटक

काठमाडौं, १४ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी (जसपा)का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग दाहाल नेपालले करिब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका थिए । छलफलमा दाहाल–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । सो छलफलमा जसपाका नेताहरूले दाहाल–नेपाललाई तपाईंहरूको पार्टी कुन हो भन्दै व्यंग्यसमेत गरेका छन् ।

छलफलमा बोल्दै अध्यक्ष दाहालले सत्ता समीकरणका लागि कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको बताउँदै जसपा नेताहरूलाई फकाउने प्रयास गरेका थिए । उनले प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटिसकेकाले अब मिल्ने सम्भावना नरहेको तथा कांग्रेस र जसपासहितका शक्तिसँग मिलेर आफूहरूले सरकार बनाउन चाहेको बताएका थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्