News Portal

मेची मासु उत्पादक सहकारी संस्थाको १३औं साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
६७९ पटक

झापा, फागुन १४ । झापाकाे मेचीनगर -६ काकरभिट्टास्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको संस्थाको १३औं साधारण सभा सम्पन्न भएकाे छ । संस्थाको आज सम्पन्न १३औं साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिवेदनका अनुसार संस्थाको शेयर पुँजी १ करोड ६३ लाख ७ सय पुगेको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय सहकारी बैंका सञ्चालक दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेकाे थियाे । मेची मासु सहकारी संस्थाले आफ्ना सदस्यहरुको बिमा कार्यक्रम समेत यो बर्ष देखि लागु गर्ने भएको छ । त्यस्तै सदस्य स्वास्थ्य राहत योजना मार्फत २५ हजारसम्मको स्वास्थ्य खर्च उपलब्ध गराइने छ ।

काकारभिट्टा खानेपानी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सापकोटाले सहकारी संस्थाको बिषयमा राजनितिकि नेतृत्वले गहिरो ढंगबाट बुझ्न सके सहकारी संस्थाहरुले थप सेवा बिस्तार गर्न सक्ने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाई, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुपाल शिवाकोटी, मखमली बचत तथा ऋण सहकारी संस्थाका भुवन सुब्बा खरेल, नेकपाका झापा जिल्ला सदस्य डिल्लीराम घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, काँकरभिट्टा माविका प्रधानध्यापक तुलसीप्रसाद निरौला, प्याव्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, नाईट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्की, सञ्चारकर्मी ज्ञानेन्द्र निरौलालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको सभापतित्वमा भएकाे कार्यक्रममा संस्थाका सचिब राजकुमार पराजुलीको सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्