News Portal

प्रधानमन्त्री ओलीले १८ गते पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने

रातोपोस्ट संवाददाता
४३१ पटक

झापा, १५ फागुन । पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोडको फागुन १८ गते उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले अस्पतालको उद्घाटन गर्ने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले जानकारी दिए ।

उद्घाटनमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री राम बहादुर थापा बादल, महान्यायधिवक्ता अग्नी खरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ र पूर्व मन्त्री महेश बस्नेत सहित प्रशिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको उपस्थिति रहने प्रसाईले जानकारी दिए । उद्घाटनमा प्रमुख अतिथि प्रधानमन्त्री ओली दिनभर अस्पतालमै रहने कार्यक्रम रहेको छ । उनी साँझमा सोहि दिन काठमाडौं फर्किने छन् ।

पत्रकार सम्मेलनमा बीएन्डसी हस्पिटलका निर्देशक डा. उमेश शर्माले क्यान्सरको पूर्ण उपचार हुने भएकाले अब नेपालीहरुले विदेश धाउनु नपर्ने बताएका छन् । ३०० बेडको स्वीकृति पाएको सो हस्पिटल हाल १०० बेड सञ्चालन भइरहेको छ । आइतवार प्रधानमन्त्री ओली चीन –नेपाल मैत्री औधोगिक पार्क शिलान्यास गर्न आउने भएका छन् र २१ ग्ते सुखानीको कार्यक्रममा समेत प्रधानमन्त्री आउने नेकपा झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्