News Portal

प्रतिबन्धित विप्लवसँग छिट्टै वार्ता हुन्छ- प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
७४३ पटक

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका छन् । झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा चुनौती मानिएको विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका हुन् ।

‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ,’ ओलीले भने ।

सरकारसँगको वार्ताका लागि तयार रहेको विप्लवले यसअघि नै बताइसकेको छ । सरकारले विप्लवसँग भित्रभित्रै अनौपचारिक वार्ता गरिरहेको चर्चा चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्