News Portal

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन

रातोपोस्ट संवाददाता
३९७ पटक

झापा, १६ फागुन । झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन भएको छ ।  शनिबार राति उनको काठमाडौंमा निधन भएको हो ।

उनको परिवारका सदस्यले दिएको जानकारीअनुसार उनको शनिबार राति ११ बजे काठमाडौंमा निधन भएको हो । डा. उप्रेती लामो समयदेखि काठमाडौंमा छोरा डा. सन्जीव उप्रेतीसँग बस्दै आएका थिए । डा. उप्रेतीले झापाको पुरानो बजार शनिश्चरेमा रहेको निजी निवासमा करिब ५० वर्ष चिकित्सा सेवा दिएका थिए।

डा.उप्रेतीको निधनमा शोक विज्ञप्ति जारी गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको बताए । डा. उप्रेतीको निधनमा राजनीतिक दलका नेताहरु, साहित्यकार र नागरिकहरूले पनि शोक व्यक्त गरेका छन् । साहित्यकार कृष्ण धरावासीले शोक व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका छन्– ‘डा.उप्रेतीको निधनले फेरि एउटा जीवन इतिहासको पानामा पुगेर टाँसियो ।’

प्रतिकृया दिनुहोस्